पत्रकार महासंघ लमजुङको अध्यक्षमा परमेश्वर अधिकारी
नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा परमेश्वर अधिकारी निर्वाचित भएका छन्। बुधबार भएको पत्रकार महासङ्घको निर्वाचनमा महासङ्घ लमजुङमा प्रेस युनियन र प्रेस सङ्गठन...काठमाडौं, चैत २६ : नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा परमेश्वर अधिकारी निर्वाचित भएका छन्। बुधबार भएको पत्रकार महासङ्घको निर्वाचनमा महासङ्घ लमजुङमा प्रेस युनियन र प्रेस सङ्गठन प्यानलका अधिकारी तीन मतले विजयी भएका हुन्।
नवनिर्वाचित अध्यक्ष अधिकारीले २९ मत ल्याउँदा प्रेस चौतारीबाट अध्यक्षका उम्मेदवार आश गुरुङले २६ मत ल्याए। त्यस्तै उपाध्यक्षमा भने प्रेस चौतारीका अनुज अधिकारी २९ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी युनियनका सन्देश पौडेलले २६ मतसहित पराजित भए। महिला उपाध्यक्षमा युनियन-संगठन प्यानलकी शान्ता कमली ३१ मतसहित विजयी हुँदा प्रेस चौतारीबाट बेलिना थापाले २४ मत प्राप्त गरेकी थिइन्।
सचिवमा युनियनका रुद्रहरि ढकाल ३० मतसहित विजयी भए। समावेशी सहसचिवमा श्यामशीतल परियार, खुला सहसचिवमा युनियन–सङ्गठन प्यानलकै घनबहादुर घिमिरे (जिबी), आदिवासी जनजाति सदस्यमा युनियन–संगठनकै भरत राना विजयी भए।
खुला सदस्यमा अजितजङ्ग थापा, नीरज अधिकारी, दीपेन्द्र रेग्मी, ऋषिराम अधिकारी र सुजन बानियाँ विजयी भएका छन् । त्यसैगरी केन्द्रीय परिषद् सदस्यमा युनियन–सङ्गठन प्यानलकै सन्तोष पौडेलले ३० मत ल्याएर जित हासिल गरे।
यसअघि कोषाध्यक्षमा युनियन-सङ्गठनका रवीन्द्र लामिछाने, महिला सदस्यमा सिर्जना बराल र चौतारीका दलित सदस्यमा डिबी मजाकोटी निर्विरोध चयन भएका थिए । प्रदेश प्रनितिधिमा कृष्ण आले, विमला अधिकारी, कृष्ण अधिकारी र युवराज श्रेष्ठ पनि निर्विरोध चयन भएका छन्।