न्युजिल्यान्डले भारतीय यात्रुको प्रवेशमा लगायो प्रतिबन्ध
कोरोनाको उच्च प्रसारपछि न्युजिल्यान्डले भारतबाट यात्रु भित्रिन प्रतिबन्ध लगाएको छ। न्युजिल्यान्डले बिहीबार उक्त घोषणा गरेको हो।
वेलिङ्टन, चैत २७ : कोरोनाको उच्च प्रसारपछि न्युजिल्यान्डले भारतबाट यात्रु भित्रिन प्रतिबन्ध लगाएको छ। न्युजिल्यान्डले बिहीबार उक्त घोषणा गरेको हो।
भारत अहिले कोरोना संक्रमण ‘हट स्पट’ बनेको छ। सोही कारण न्युजिल्यान्डले भारतीय यात्रु प्रवेशमा रोक लगाएको हो।
दक्षिण एसियाली मुलुकहरूमा कोरोना भाइरसको उच्च संक्रमण देखिएपछि ती मुलुकबाट आउने आफ्नै नागरिकलाई पनि न्युजिल्यान्डले दुई साताका लागि प्रवेशमा रोक लगाएको छ।
बिहीबार न्युजिल्यान्डको सिमानामा २३ नयाँ संक्रमित फेला परेका थिए। तीमध्ये १७ जना भारतीय नागरिक थिए।
यो प्रतिबन्ध अस्थायी रहेको न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले बताइन्। ‘हामी भारतका यात्रीहरूका लागि न्युजिल्यान्डमा अस्थायी रूपमा प्रवेश निलम्बन गर्दैछौँ,’ प्रधानमन्त्री आर्डेनले एक पत्रकार सम्मेलनमा भनिन्।
प्रकाशित मिति: १३:३७ बजे, बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












