Kathmandu Press

क्यानडाको ओन्टारियोमा ‘स्टे एट होम’ नियम लागु

लन्डन, चैत २६ : क्यानडाको पूर्वी मध्य राज्य ओन्टारियोले एक महिनासम्मका लागि ‘स्टे एट होम’ नियम लागु गरेको छ।ओन्टारियो राज्यमा कोरोना-१९ महामारीको लहर...
क्यानडाको ओन्टारियोमा ‘स्टे एट होम’ नियम लागु

लन्डन, चैत २६ : क्यानडाको पूर्वी मध्य राज्य ओन्टारियोले एक महिनासम्मका लागि ‘स्टे एट होम’ नियम लागु गरेको छ।

ओन्टारियो राज्यमा कोरोना-१९ महामारीको लहर बढेसँगै बिहीबार यो नियम लागु गरिएको हो।

Hardik ivf

ओन्टारियो राज्यका प्रमुख डग फोर्डले यो निर्णय कोभिड-१९ को तेस्रो लहर तीव्र रुपमा फैलिएका कारण यस्ताे कदम लिन बाध्य भएको बताए। 

सरकारले शिक्षक, कारखाना र गोदामका मजदुरहरूलगायत उच्च जोखिममा काम गर्ने कामदाहरूलाई लक्षित गरी खोप लगाउन मोबाइल खोप टोली परिचालन गर्ने योजना पनि बनाएको छ।

ओन्टारियोमा कोरोना भाइसरको नयाँ प्रकार बी ११७ को तीव्र प्रसारका कारण नयाँ संक्रमितको संख्या मार्चभरमा तीन गुणाले बढेको छ।

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, चैत २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्