Kathmandu Press

कुम्भमेलामा सहभागी हुन पूर्वराजा-रानी भारततर्फ

भारत हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल बिहीबार नयाँदिल्ली पुगेका छन्।
कुम्भमेलामा सहभागी हुन पूर्वराजा-रानी भारततर्फ

काठमाडौं, चैत २६ : भारत हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल बिहीबार नयाँदिल्ली पुगेका छन्।

निर्मल निवास स्रोतका अनुसार उनीहरू कुम्भमेलामा दुई दिन सहभागी हुनेछन्। त्यसपछि उनीहरू केही दिन नयाँदिल्लीमा रहने स्रोतको भनाइ छ।

‘कुम्भमेला आयोजकको निमन्त्रणामा उहाँहरू हरिद्वार जान लाग्नुभएको हो,’ स्रोतले भन्यो, ‘नयाँदिल्लीमा रहँदा हुने भेटघाटका बारेमा कुनै जानकारी छैन।’
 

प्रकाशित मिति: १२:२५ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्