Kathmandu Press

बेलायतस्थित म्यानमारका राजदूतलाई आफ्नै कार्यालय छिर्न रोक

काठमाडौं, चैत २६ : बेलायतको लागि म्यानमारका राजदूत क्यए वार मिनलाई आफ्नै कार्यालय प्रवेशमा रोक लगाइएको छ ।म्यानमारमा भएको सैनिक कूको विरोध गरेका...
बेलायतस्थित म्यानमारका राजदूतलाई आफ्नै कार्यालय छिर्न रोक

काठमाडौं, चैत २६ : बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई आफ्नै कार्यालय प्रवेशमा रोक लगाइएको छ ।

म्यानमारमा भएको सैनिक कूको विरोध गरेका र प्रजातन्त्रवादी नेता आङ सान सुचीलगायतको रिहाइ माग गरिरहेका राजदूत मिनलाई दूतावासकै सैनिक सहचारीको नेतृत्वले दूतावास प्रवेश गर्न नदिएको हो।

Hardik ivf

दूतावास छिर्न नदिएपछि राजदूतले आफ्नो कारमै रात बिताएका छन्। राजदूत मिनले सैनिक सहचारीको यो कदमलाई कूकै निरन्तरता भएको बताएका छन्। ‘सैनिक सहचारीले कर्मचारीलाई भवन छोड्न आदेश दिएका छन् र मलाई पनि म्यानमारको प्रतिनिधि नभएको बताएका छन्,’ राजदूत मिनले भने।

बुधबार राजदूत मिनको समर्थनमा केही मानिसहरूले दूतावासअगाडि प्रदर्शनसमेत गरेका थिए।

बेलायतका लागि म्यानमारका राजदूतलार्य कार्यालय छिर्न नदिएको घटनापछि बेलायतको विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक प्रोटोकल अनुरुप लन्डनमा म्यानमार राजदूतको वर्तमान स्थितिबारे स्पष्टीकरण खोजिरहेको बताएका छन्।

 

प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्