Kathmandu Press

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै 

काठमाडौं, चैत्र २६ : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आजको बैठकमा सूचना प्रविधि सम्वन्धी विद्येयक सम्वन्धी समितिको प्रतिवेदन पेश गर्ने...
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै 

काठमाडौं, चैत्र २६ : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आजको बैठकमा सूचना प्रविधि सम्वन्धी विद्येयक सम्वन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक पेश गर्नेछिन्।  समितिले कांग्रेस बाहेकका सांसदको बहुमतबाट पारित गरेको प्रतिवेदन आज सदनमा पेश गर्न लागेको हो। विधेयकमा मौलिक हक अन्तरगत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालका प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो।

Hardik ivf

 संसदमा पेश भएको विद्येयक अड्किएपछि सरकारले विद्येयकमा भएकै प्रावधान राखेर छुट्टै निर्देशिका ल्याउने प्रयाससमेत गरेको थियो। त्यसको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको थियो। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पुर्व सांसद ऐश्वर्यलाल प्रधानाङ्गको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। 

प्रकाशित मिति: ०८:३५ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्