Kathmandu Press

भारतमा आज थप ९७ हजारमा कोरोना संक्रमण

काठमाडौं, चैत २५ : कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको भारतमा आज थप ९७ हजार जनामा संक्रमण देखिएको छ।भारतीय स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो...
भारतमा आज थप ९७ हजारमा कोरोना संक्रमण

काठमाडौं, चैत २५ : कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको भारतमा आज थप ९७ हजार जनामा संक्रमण देखिएको छ।

भारतीय स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित थपिदै आएका छन्। भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

Hardik ivf

त्यसैगरी सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै कूल मृतकको सङ्ख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै गत सोमबार एक लाख तीन हजार ५५८ जना सङ्क्रमित भएका थिए।

प्रकाशित मिति: २०:२६ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्