एपिएफलाई हराउँदै संकटा आहा–रारा गोल्डकपको फाइनलमा
काठमाडाैं, चैत २५ : संकटा क्लब १९औं संस्करणको आहा–रारा गोल्डकपको फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार पोखरा रंगशालामा भएको सेमिफाइनमा विभागीय टिम...
काठमाडाैं, चैत २५ : संकटा क्लब १९औं संस्करणको आहा–रारा गोल्डकपको फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार पोखरा रंगशालामा भएको सेमिफाइनमा विभागीय टिम एपिएफलाई २–०ले हराउँदै संकटा फाइनलमा पुगेको हो।
अब संकटाले उपाधिका लागि पुलिस र अफ्रिकन रुटसँगको विजेतासँग खेल्ने छ । फाइलन शनिबार हुनेछ । पुलिस र अफ्रिकन रुटबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ।
संकटालाई जित दिलाउन सुवास गुरुङ र ग्लोरीले गोल गरेका थिए । संकटाले दुवै हाफमा समान १ गोल गरेको थियो।
३३औं मिनेटमा ग्लोरीको पासमा सुवासले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए । पहिलो हाफ १–०मै सकियो । दोस्रो हाफको अन्तिम मिनेटमा ग्लोरीले गोल गरेपछि संकटाले एपिएफमाथि २–०को जित निकाल्यो।
ए डिभिजनका ६सहित ८ टिम सहभागी आहा–रारा गोल्डकपको विजेताले नगद १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन्।











