रातो मछिन्द्रनाथको रथयात्रा नरोकिने
काठमाडौं, चैत २५ : कोरोना भाइरसको संक्रमण बढ्दै गएको भए पनि रातो मछिन्द्रनाथको रथयात्रा नरोकिने भएको छ।बुधबार गुठी संस्थान कार्यालय, ललितपुरको आयोजनामा बसेको...
काठमाडौं, चैत २५ : कोरोना भाइरसको संक्रमण बढ्दै गएको भए पनि रातो मछिन्द्रनाथको रथयात्रा नरोकिने भएको छ।
बुधबार गुठी संस्थान कार्यालय, ललितपुरको आयोजनामा बसेको सर्वपक्षीय बैठकले रातो मछिन्द्रनाथको रथयात्रा नरोक्ने निर्णय गरेको हो। स्वास्थ्य मापदण्ड पालना गरेर मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।
स्थानीय वासिन्दाले रातो मछिन्द्रनाथको रथयात्रा आयोजना गर्न पाउनुपर्ने माग गरेपछि स्थानीय प्रशासनले पनि नरोक्ने निर्णय गरेको हो। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर दूरी कायम गर्ने, मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने बैठकले निर्णय गरेको छ।
यसअघि भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिस्का जात्रा रोक्ने निर्णय गरेको थियो। स्थानीय बासिन्दा त्यसको विरोधमा उत्रिएपछि सञ्चालन गर्न दिने निर्णय गर्नुपरेको थियो।
ललितपुरमा पनि स्थानीय बासिन्दाले विरोध गर्नसक्ने भएपछि स्थानीय प्रशासन रातो मछिन्द्रनाथको रथयात्रा नरोक्ने निर्णय गर्न बाध्य भएको हो।











