Kathmandu Press

ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरे : प्रचण्ड

सल्यान, चैत २५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशी शक्तिसामु आत्मसमर्पण गरेको आरोप लगाएका छन्।बुधबार सल्यानमा...
ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरे : प्रचण्ड

सल्यान, चैत २५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशी शक्तिसामु आत्मसमर्पण गरेको आरोप लगाएका छन्।

बुधबार सल्यानमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई विदेशी शक्तिसामु आत्मसमर्पण गरेको आरोप लगाएका हुन्। विदेशीको इशारामा प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ थियो।

रुकुम पश्चिमको आमसभालाई सम्बोधन गरेर सल्यान पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीले संविधान च्यात्ने र कम्युनिस्ट पार्टी विघटन गर्न खोजेको आरोप लगाए। प्रचण्डले भने, 'केपी ओली नामको व्यक्तिले संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र समृद्धिको सपना किचिदिने र विदेशी शक्तिसामु आत्मसमर्पण गरे।'

पहिलो नेकपालाई कमजोर बनाएका ओलीले अहिले नेकपा (एमाले)लाई पनि छिन्नभिन्न गर्न खोजेको उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै प्रचण्डले सर्वोच्च अदालतको फैसलाप्रति पनि असन्तुष्टि जनाएका छन्। सर्वोच्च अदालतले नेकपाको एकीकरण बदर गर्ने फैसला गरेको थियो। जसले गर्दा एमाले र माओवादी केन्द्र ब्युँतिएका थिए।

उनले अब देशको समृद्धिको लागि काम गर्ने बताए। नेपाललाई समृद्ध बनाउने सोच आफूसँग रहेको उनको भनाइ थियो।

अध्यक्ष प्रचण्ड तीन दिनदेखि कर्णाली प्रदेशमा छन्। मंगलबार रुकुमका विभिन्न कार्यक्रममा सहभागि भएका प्रचण्ड आज सल्यानमा पुगेका हुन्।

 

प्रकाशित मिति: १८:०८ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्