Kathmandu Press

थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत २५ : पछिल्लो २४ घण्टामा ३ सय ३९ कोरोना संक्रमित थपिएका छन्। यस अवधिमा ४ हजार १ सय पीसीआर परीक्षण गरिएकोमा २ सय ९८ जना र १ हजार ४० जनाको एन्टिजेन परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। थपिएका संक्रमितमध्ये धेरैजसो काठमाडौं उपत्यकामा १ सय ६३ जना छन्। जसमध्ये काठमाडौंमा १३२, ललितपुरमा २६ र भक्तपुरमा ५ जना छन्।

हाल देशभर २ हजार २ सय १ सक्रिय संक्रमित छन्। तिनीहरूमध्ये संस्थागत आइसोलेसनमा ७ सय ६० र होम आइसोलेसनमा १ हजार ७ सय ४१ जना छन्। क्वारेन्टिनमा ६५, आइसीयूमा ६५ र भेन्टिलेटरमा १३ जना उपचाररत छन्।

प्रकाशित मिति: १७:४३ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्