Kathmandu Press

वाग्मती प्रदेशसभाको बैठक आज पनि अवरुद्ध

मकवानपुर, चैत २५ : वाग्मती प्रदेशको बुधबारको बैठक पनि अवरुद्ध बनेको छ । माओवादी केन्द्रले मंगलबारजस्तै आज (बुधबार) पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको...
वाग्मती प्रदेशसभाको बैठक आज पनि अवरुद्ध

मकवानपुर, चैत २५ : वाग्मती प्रदेशको बुधबारको बैठक पनि अवरुद्ध बनेको छ । माओवादी केन्द्रले मंगलबारजस्तै आज (बुधबार) पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको हो।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फिर्ता लिनेसम्बन्धी प्रस्ताव बैठकमा पेस गरी छलफल अगाडि बढाउन लागेपछि प्रमुख प्रतिपक्ष दलसमेत रहेको माओवादी केन्द्रका सांसदहरूले बैठक अवरुद्ध पारेका हुन्। 

अविश्वासको प्रस्तावका प्रस्तावक अरुणकुमार नेपाल बैठकमा उपस्थित थिएनन्। प्रस्तावक नेपालको सहमतिबिना सो प्रस्ताव पेरे गरेलगत्तै माओवादी संसदीय दलका नेता शालिकराम  जम्मकट्टेले सो विषयमा छलफल नगराइयोस् भनी माग गर्दा बैठक अवरुद्ध बन्न पुगेको हो। वाग्मती प्रदेशसभाको अर्को बैठक भोलि (बिहीबार) दिनको ११ बजेका लागि तय भएको छ।

मुख्यमन्त्री डोरमणि पौडेलले बैठकमा आर्थिक कार्यविधि स्वीकृत नै नगरी मदन भण्डारी फाउन्डेसनलाई ५० लाख अनुदान दिएकोबारे नेता जम्मकट्टेलले आपत्ति प्रकट गर्दै तयार पारेर अन्य संघ–संस्थाहरुलाई पनि उचित सहयोग गराउन माग गरे ।

नेता जम्मकट्टेलले सरकारले एकपक्षीय ढंगबाट आर्थिक मापदण्ड र प्राविधिक सुझावबिना नै विद्युतीय बस संचालन गर्न बोलपत्र आह्वान गरेकोप्रति आपत्ति जनाए। प्राविधिकहरुको सुझावअनुसार बस संचालन गर्ने रुट तयार गर्ने र निजी क्षेत्रका व्यवसायीहरुलाई पनि सहभागी गराउने विषयमा उनले जोड दिए ।

बैठकमा मुख्यमन्त्री पौडेलले प्रति कुनै दलगत स्वार्थ नराखी सरकारले स्वीकृत गरेको नीति कार्यक्रमअनुसार, क्रमशः बजेट, योजनालाई समानताका साथ वितरण गरिएको दाबी गरे। 

प्रकाशित मिति: १७:३० बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्