Kathmandu Press

अप्रिल १९ बाट अष्ट्रेलिया-न्युजिल्यान्ड क्वारेन्टाइन फ्री यात्रा 

वेलिङ्टन, चैत २५ : अष्ट्रेलिया र न्युजिल्यान्डका नागरिकले १९ अप्रिलदेखि क्वारेटाइन बस्नुनपर्ने गरी एकअर्को देशमा यात्रा गर्न सक्ने भएका छन्। यी दुई देशबीच...
अप्रिल १९ बाट अष्ट्रेलिया-न्युजिल्यान्ड क्वारेन्टाइन फ्री यात्रा 

वेलिङ्टन, चैत २५ : अष्ट्रेलिया र न्युजिल्यान्डका नागरिकले १९ अप्रिलदेखि क्वारेटाइन बस्नुनपर्ने गरी एकअर्को देशमा यात्रा गर्न सक्ने भएका छन्। यी दुई देशबीच छलफल भएर यस्तो व्यवस्था गर्न लागिएको बताइएको छ। 

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डनले मंगलबार क्वारेटाइन बस्नुनपर्ने गरी दुई देशबीच यात्रा सुरु गर्न लागेको घोषणा गरेकी छन्। गत अक्टोबरदेखि नै न्युजिल्यान्डका यात्रुहरूलाई क्वारेन्टाइनबिना अष्ट्रेलियामा प्रवेश गर्न अनुमति दिइएको प्रधानमन्त्री अर्डनले बताइन्।

गत वर्ष मार्चमा यी दुई देशले आफ्नो सिमाना बन्द गरेर एकअर्काे देशबाट फर्केका नागरिकहरूलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम लागु गरेका थिए। 

प्रकाशित मिति: १७:०२ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्