Kathmandu Press

गण्डकीमा माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं, चैत २ : गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिएका छन्...
गण्डकीमा माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं, चैत २ : गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिएका छन् ।

उनीहरू माओवादी केन्द्रका तर्फबाट २०७४ फागुन ४ गते गण्डकी सरकारका मन्त्री नियुक्त भएका थिए। ती दुई मन्त्रीले आज (बुधबार) मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राजीनामा बुझाएका हुन्।

बुधबारै बसेको प्रदेशसभा बैठकमा राजीनामाबारे जानकारी गराइएको थियो। आज (बुधबार) बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले दुवै मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको थियो । तर बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने केही निर्णय गरेको छैन।

गण्डकी प्रदेशमा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार छ। गण्डकी प्रदेश सभामा एमालेका २८, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका तीन र जनता समाजवादी पार्टीको दुई गरी ६० सांसद छन्।

प्रकाशित मिति: १६:१३ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्