नवलपरासीमा अस्पताल बनाउँदै सर्वोत्तम सिमेन्ट

काठमाडौं, चैत २५ : सर्वोत्तम सिमेन्टले नवलपरासीमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गर्ने भएको छ।
नवलपरासीको सुनवालमा करीब ४ करोडको लागतमा अस्पताल निर्माण हुने भएको हो ।
सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सो सम्बन्धि सम्झौता पत्र हस्तान्तरण गरेका छन् ।
प्रकाशित मिति: १४:२० बजे, बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











