Kathmandu Press

इथियोपियाका दुई प्रान्तबीच झडप, सय बढीको मृत्यु

अदिस अबाबा, चैत २५ : इथियोपियाका दुई प्रान्तका मानिसहरूबीचको झडपमा परी २ सयभन्दा बढीको मृत्यु भएको छ। झडप इथियोपियाका दुई प्रान्त अफार र...
इथियोपियाका दुई प्रान्तबीच झडप, सय बढीको मृत्यु

अदिस अबाबा, चैत २५ : इथियोपियाका दुई प्रान्तका मानिसहरूबीच झडप हुँदा सयभन्दा बढीको मृत्यु भएको छ। झडप इथियोपियाका अफार र सोमाली प्रान्तका नागरिकहरूबीच भएको हो।

झडपमा परी मारिनेहरु प्रायः सर्वसाधारण नागरिक र गोठाला छन्। अफार प्रान्तका लागि प्रहरी डेप्युटी कमिस्नर अहमद हुमेदले यो झडप गत शुक्रबारबाट सुरु भएर मंगलबारसम्म जारी रहेको बताए।

उनले झडपलाई हिंसात्मक बनाउन सोमाली क्षेत्रीय सेनाले आक्रमण गरेको आरोप लगाए। सोमाली क्षेत्रका प्रवक्ता अली बेदेलले शुक्रबार अफार सेनाले गरेको आक्रमणमा परि २५ जना मारिए र मंगलबार पनि आक्रमणमा परि ‘अज्ञात संख्यामा नागरिक’ को मृत्यु भएको बताएका छन् । 

दुवै प्रान्तका समूहले आक्रमणको जिम्मा लिन अस्वीकार गरेका छन् र हिसांत्मक झडपका लागी अर्को पक्षलाई दोष लगाइरहेका छन्। 

प्रकाशित मिति: १४:१५ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्