Kathmandu Press

कोरोनाका कारण ब्राजिलमा एकै दिन ४००० भन्दा बढीको मृत्यु 

साओपाओलो, चैत २५ : कोरोना भाइरसको नयाँ स्वरूपको तीव्र प्रसारका कारण ब्राजिलमा एकै दिनमा ४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २४...
कोरोनाका कारण ब्राजिलमा एकै दिन ४००० भन्दा बढीको मृत्यु 


साओपाओलो, चैत २५ : कोरोना भाइरसको नयाँ स्वरूपको तीव्र प्रसारका कारण ब्राजिलमा एकै दिनमा ४ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ४ हजार १ सय ९५ जनाको मृत्यु भएको हो । 

स्वास्थ्य अधिकारीहरुले अस्पतालहरू संक्रमितले भरिएको र ब्राजिलका केही सहरमा उपचारको पर्खाइमा रहेका मानिसहरूले ज्यान गुमाएको बताएका छन्।  तर राष्ट्रपति जायर बल्सोनाराले कोरोना प्रकोप रोक्न लकडाउन गर्ने उपायको भने विरोध गर्दै आएका छन्।

राष्ट्रपति बल्सोनाराले अर्थ व्यवस्थामा हुने नोक्सानी भाइरसको प्रभावभन्दा पनि नराम्रो हुने स्पष्ट पारेका छन्। उनले स्थानीय अधिकारीहरूले लगाएको केही प्रतिबन्धलाई उल्ट्याउने कोसिससमेत गरेका छन्।

हाल ब्राजिलमा कोरेना संक्रमितको संख्या १ करोड ३१ लाख ६ हजार ५८ छ भने मृत्यु हुनेको संख्या ३ लाख ३७ हजार ३ सय ६४ रहेको छ । त्यस्तै, निको हुनेको संख्या १ करोड १५ लाख ५८ हजार ७ सय ८४ रहेको छ।

प्रकाशित मिति: १३:४२ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्