समर्थन कायमै राखी गण्डकी सरकारबाट हट्दै माओवादी केन्द्र
पोखरा, चैत २५ : माओवादी केन्द्रले गण्डकी प्रदेश सरकार छाड्ने भएको छ। तर सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने निर्णय गरिएको छ।माओवादी...
पोखरा, चैत २५ : माओवादी केन्द्रले गण्डकी प्रदेश सरकार छाड्ने भएको छ। तर सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने जानकारी साे पार्टीले दिएकाे छ।
माओवादी केन्द्र संसदीय दलको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो। अहिलेको परिस्थितिमा सरकारमा बस्न उचित नदेखिएकाले सरकारबाट हट्न लागैको माओवादी केन्द्रका एक सांसदले बताए।
गण्डकी प्रदेश सभाको बैठक बुधबार बस्दैछ। सोही बैठकमा माओवादी केन्द्र संसदीय दलले गरेको निर्णयबारे संसद बैठकलाई जानकारी दिने बताइएको छ।
गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्रका तर्फबाट दुई जना मन्त्री छन्। जसमा हरिबहादुर चुमानआन्तरिक मामिला तथा कानुनमन्त्री र लेखबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुन्। उनीहरू २०७४ फागुन ४ गते मन्त्रीमा नियुक्त भएका थिए।
गण्डकी प्रदेशमा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार छ। गण्डकी प्रदेश सभामा एमालेका २८, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका तीन र जनता समाजवादी पार्टीको दुई गरी ६० सांसद छन्।











