Kathmandu Press

रातोपुलमा भारतीय नागरीक मृत भेटिए

काठमाडौं, चैत २५ : काठमाडौंस्थित रातोपुलमा एकजना भारतीय नागरिक मृत फेला परेका छन्। काठमाडौं महानगरपालिका–३० रातोपुलमा डेरा गरेर बस्ने कोलकत्ता घर भएका ३९ वर्षीय प्रदिप...
रातोपुलमा भारतीय नागरीक मृत भेटिए

काठमाडौं, चैत २५ : काठमाडौंस्थित रातोपुलमा एकजना भारतीय नागरिक मृत फेला परेका छन्। 

काठमाडौं महानगरपालिका–३० रातोपुलमा डेरा गरेर बस्ने कोलकत्ता घर भएका ३९ वर्षीय प्रदिप मण्डल आफ्नै डेरामा मृत फेला परेको  महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार उनी दरबारमार्ग स्थित कस्मेटिक सप्लाई सम्बन्धी कार्यालयमा काम गर्थे । 

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३:०८ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्