Kathmandu Press

उत्तर कोरियाले सबैभन्दा खराब अवस्थाकाे सामना गरिरहेको छ : किम जोङ उन 

प्योङयाङ, चैत २५ : उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशले  सबैभन्दा खराब समय सामना गरिरहेको स्वीकार गरेका छन्।नेता किम जोङ उनले...
उत्तर कोरियाले सबैभन्दा खराब अवस्थाकाे सामना गरिरहेको छ : किम जोङ उन 

प्योङयाङ, चैत २५ : उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशले  सबैभन्दा खराब समय सामना गरिरहेको स्वीकार गरेका छन्।

प्योङयाङमा मंगलबार आयाेजित वर्कर्स पार्टीको सेल सचिवहरूको बैठकमा बाेल्ने क्रममा किमले उत्तर कोरियाले यतिखर सबैभन्दा खराब समय भाेग्नुपरेकाे टिप्पणी गरेका हुन्।   

विज्ञहरुले पनि किमले आफ्नो दशकौं लामो शासनकालका क्रममा सम्भवतः सबैभन्दा कठिन अवस्थाको सामना गरिरहेकाे बताएका छन्।

कोरोना भाइरस नियन्त्रण गर्न लगातारको लकडाउनले उत्तर कोरियाको अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित पारेको र अमेरिकाले आणविक हतियारमाथि लगाएको लगातारको प्रतिबन्धका कारण किम जोङले सबैभन्दा गोह्रो अवस्था सामना गर्नुपरेको विज्ञहरुकाे भनाइ छ। 

‘सबैभन्दा खराब परिस्थितिमा पनि जनताको जीवनस्तर सुधार गर्न हामीले असंख्य चुनौतीहरू पार गर्नुपर्ने हुन्छ र यो चुनौतीहरुसँग लड्न पार्टीको तल्लो तहका संगठनले खेल्ने भूमिकामा निर्भर गर्छ,’ उनले भने।

प्रकाशित मिति: १२:३८ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्