Kathmandu Press

नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण, बहुमत पुर्याउन कठिन

जेरुसेलम, २५ चैत : इजरायलका राष्ट्रपति रुभेन रिभलिनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण गरेका छन्। हालै सम्पन्न संसद्को निर्वाचनमा स्पष्ट...
नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण, बहुमत पुर्याउन कठिन

जेरुसेलम, २५ चैत : इजरायलका राष्ट्रपति रुभेन रिभलिनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण गरेका छन्। हालै सम्पन्न संसद्को निर्वाचनमा स्पष्ट बहुमत हासिल नगरे पनि ठूलो दलको हैसियतमा नेतन्याहूलाई सरकार गठन गर्न आमन्त्रण गरिएको हो।

गहिरो रुपमा विभाजित संसद् र भ्रष्टाचारको आरोपमा सुनुवाइ भइरहेको अवस्थामा प्रधानमन्त्री नेतन्याहूका अघिल्तिर सरकार गठनमा निकै ठूलो चुनौती छ। इजरायलको राजनीतिक इतिहासमा नेतन्याहू सबैभन्दा लामो अवधिसम्म अर्थात् १२ वर्षदेखि प्रधानमन्त्रीका रुपमा रहेका छन्।

प्रधानमन्त्री नेतन्याहूले आफ्ना राजनीतिक प्रतिस्पर्धीसँग गठबन्धन बनाउन ६ हप्ताको समयावधि पाएका छन् । तर प्रधानमन्त्रीले विपक्षीहरुको समर्थन प्राप्त गर्ने सम्भावना ज्यादै न्यून रहेको जानकारहरुले बताएका छन्। यसैबीच, उनका प्रतिस्पर्धी दलहरुले पनि नयाँ वैकल्पिक सरकार गठन गर्ने प्रयासलाई तीव्र बनाएका छन्। 

Hardik ivf

सत्तारुढ लिकुड पार्टीका सदस्यहरुसँगको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री नेतन्याहूले आफू यहुदी र अरब, धार्मिक तथा धर्मनिरपेक्ष समेतका सबै इजरायली जनताको प्रधानमन्त्री हुन चाहेको बताएका छन्। 

‘हामी सबैलाई समानताको व्यवहार गर्नेछौं,’ उनले भने । उनले पटकपटकको चुनावी चक्रबाट इजरायललाई बाहिर निकाल्ने तथा सबै इजरायली नागरिकका लागि बलियो सरकार स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

इजरायलमा विगत दुई वर्षको अवधिमा कुनै पनि दलले संसदमा बहुमत सिद्ध गर्न नसकेपछि चौथो पटक संसदको निर्वाचन भएको हो । 

विगतमा झैं राष्ट्रपति रिभलिनले सोमबार इजरायली संसद नेसेटमा निर्वाचित भएका १३ दलका नेताहरुसँग परामर्श गरेका थिएनन् । उनले प्रधानमन्त्रीको सर्वसम्मत उम्मेदवार छनोटका लागि उक्त परामर्श गरे पनि निकास निस्कन सकेको थिएन । 

बैठकमा प्रधानमन्त्री नेतन्याहु वा उहाँका मुख्य प्रतिस्पर्धी याइर लापिडबीच पनि सहमति जुटेको थिएन । उनीहरु दुबैले बहुमत सांसदको समर्थन प्राप्त गर्न असफल भएका थियो । इजरायली संसद १२० सदस्यीय रहेको छ । 

नेतन्याहूले २८ दिनभित्र संसदमा बहुमत हासिल गर्नु पर्नेछ । त्यस अवधिमा पनि बहुमत नजुटेको अवस्थामा राष्ट्रपतिले अरु दुई हप्ता थप गर्न सक्ने संवैधानिक प्रावधान छ । 

प्रधानमन्त्री नेतन्याहूको सत्तारुढ लिकुड पार्टीले संसदमा ५२ सांसदको समर्थन प्राप्त गरेको छ र यो संख्या विपक्षी नेता लापिडको भन्दा बढी हो तर सरकार गठनका लागि ६१ स्थान जरुरी हुन्छ । लापिडको दलले ४५ स्थान जितेको छ भने नफताली बेनेटको दलले सात स्थानमा विजय हासिल गरेको छ ।

नेतन्याहूले एउटा सानो अरब इस्लामिक पार्टी र्यामको समर्थन प्राप्त गर्नु पर्नेछ । र्यामका नेता मन्सुर अब्बासले इजरायलको अरब क्षेत्रलाई नेतन्याहूले सहयोग गरे सरकारलाई समर्थन गर्न सक्ने बताउँदै आएका छन् । इजरायलभित्रको अरब क्षेत्रमा अपराध, विभेद र गरिबी व्याप्त छ । 

तर नेतन्याहूलाई समर्थन गर्ने अतिवादी रेलिजियस जियोनिस्ट पार्टीले भने अरब पार्टीसँग साझेदारी गर्ने कुरालाई अस्वीकार गर्दै आएको छ । नेतन्याहूले अर्को धार्मिक राष्ट्रवादी पार्टी यामिनाको पनि समर्थन प्राप्त गर्ने प्रयत्न गर्नेछन् । यामिनाले पनि अरब पार्टीहरुसँगको गठबन्धनलाई त्यति रुचाएका छैनन् ।

अर्कोतिर, विपक्षी नेताहरु लापिड र बेनेटबीच पनि सत्ता साझेदारीका विषयमा वार्ता जारी छ । लापिडले आफू र बेनेटबीच प्रधानमन्त्रीको कार्यकाल आधाआधा समयको गर्ने प्रस्ताव राखेका छन् । उनीहरू दुवै प्रधानमन्त्री नेतन्याहूको लामो कार्यकाल अन्त्य गर्न सहमत भएका छन्। 

प्रकाशित मिति: १२:२५ बजे, बुधबार, चैत २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्