Kathmandu Press

इबोलाका कारण गिनीमा तीनको मृत्यु 

गिनी, चैत २५ : पश्चिमी अफ्रिकी राष्ट्र गिनीमा इबोलाको कारण तीनको मृत्यु भएको छ ।अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले मंगलबार...
इबोलाका कारण गिनीमा तीनको मृत्यु 

गिनी, चैत २५ : पश्चिमी अफ्रिकी राष्ट्र गिनीमा इबोलाको कारण तीनको मृत्यु भएको छ ।

अफ्रिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले मंगलबार देशमा पाँच नयाँ इबोलाको संक्रमित फेला परेको र तीनको मृत्यु भएको बताएको छ । 

Hardik ivf

सीडीसीले  गिनीमा फेरी इबोलाको प्रकोप देखापर्न थालेको बताएको हो । 

सीडीसीले देश कोरोना महामारीसँग संर्घष गरिरहेको अवस्थामा घातक इबोला भाइरस फेरी पनि देखापरेको कारण गम्भिर स्वास्थ्य अवस्था सृजना हुनसक्ने बताएको छ । 

सन् २०१४ देखि २०१६ सम्म गिनीमा इबोला भाइरसको कारण २८ हजार ६ सय संक्रमित भएका थिए भने ११ हजार तीन सय भन्दा बढीको मृत्यु भएको थियो ।

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, चैत २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्