Kathmandu Press

राइस कुकरभित्र झन्डै १ किलो सुन लुकाएर ल्याउने एक जना  पक्राउ

काठमाडौं, चैत २५  ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना पक्राउ परेका छन्।मंगलबार राति दुबईबाट आएका धनुषाका प्रकाश महरालाई...
राइस कुकरभित्र झन्डै १ किलो सुन लुकाएर ल्याउने एक जना  पक्राउ

काठमाडौं, चैत २५  ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राइस कुकरमा सुन लुकाएर ल्याउने एक जना पक्राउ परेका छन्।

मंगलबार राति दुबईबाट आएका धनुषाका प्रकाश महरालाई भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरिएको थियो । 

उनीबाट ९ सय ३४ ग्राम सुन बरामद गरेको प्रहरीले जानकारी दिएको छ । त्यसमध्ये ८८४ ग्राम सुन उनले कुकरमा हालेका थिए भने ५० ग्रामको बाला थियो। 

प्रकाशित मिति: ११:०३ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्