Kathmandu Press

फोर्ब्सको अर्वपति सूची सार्बजनिक, को कति स्थानमा ?

काठमाडौं, चैत्र २५ : फोर्ब्सले विश्वका अर्वपतिहरुको वार्षिक सूची सार्बजनिक गरेको छ । बार्षिक रुपमा सार्वजनिक गर्ने विश्वका अर्वपतिहरुको वार्षिक सूचीमा दुई हजार...
फोर्ब्सको अर्वपति सूची सार्बजनिक, को कति स्थानमा ?

काठमाडौं, चैत्र २५ : फोर्ब्सले विश्वका अर्वपतिहरुको वार्षिक सूची सार्बजनिक गरेको छ । बार्षिक रुपमा सार्वजनिक गर्ने विश्वका अर्वपतिहरुको वार्षिक सूचीमा दुई हजार ७५५ जना अर्बपतिहरु अटाएका छन् ।

उक्त सूचीमा अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस लगातार चौथो वर्ष पनि पहिलो स्थानमा रहेका छन् । यो वर्षको फोर्ब्स अर्बपतिको सूचीमा संलग्न २ हजार ७५५ जनाको  कूल सम्पत्ति १३.१ ट्रिलियन रहेको छ, जुन अघिल्लो वर्ष ८ ट्रिलियन डलर थियो ।

Hardik ivf

अर्बपतिको सूचीको दोश्रो स्थानमा टेस्ला कम्पनीका सीईओ एलन मस्क रहेका छन् । गत वर्षको सूचीमा उनी ३१औँ स्थानमा थिए । त्यस्तै लक्जरी सामान उत्पादन कम्पनी एलभिएमएचका सीईओ बर्नार्ड आर्नल्ट तेश्रो, माइक्रोसफ्टका संस्थापक बिल गेट्स चौथो र फेसबुक सीईओ मार्क जुकरबर्ग पाँचौ स्थानमा रहेका छन् ।

यो पटकको अर्बपतिको सूचीमा ४९३ जना नयाँ अर्बपतिहरु थप भएका छन् । त्यसमा डेटिंग एप बम्बलका सीईओ ह्विट्नी वल्फे हर्ड पनि रहेका छन् । कोरोना भाइरस महामारीले विश्वको अर्थतन्त्र तथा जनजीवनलाई तहस नहस बनाएको वर्ष सन् २०२० मा विश्वमा अर्बपतिहरुको संख्या भने बढेको फोर्ब्सको रिपोर्टमा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: ०९:०५ बजे, बुधबार, चैत २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्