Kathmandu Press

आज पनि काठमाडौं विश्वकै बढी प्रदूषित सहर

काठमाडौं, चैत्र २५ : आज पनि काठमाडौं विश्वको सबैभन्दा बढी प्रदूषित सहर बनेको छ।काठमाडौंमा आज बिहान वायु प्रदूषणको मात्रा २६८ एक्युआई रहेको वायु...
आज पनि काठमाडौं विश्वकै बढी प्रदूषित सहर

काठमाडौं, चैत्र २५ : आज पनि काठमाडौं विश्वको सबैभन्दा बढी प्रदूषित सहर बनेको छ।

काठमाडौंमा आज बिहान वायु प्रदूषणको मात्रा २६८ एक्युआई रहेको वायु प्रदूषणसम्बन्धी ताजा विवरण राख्ने स्वीट्जरल्याण्डको आइक्युएयर वेबसाइटले जनाएको छ । हिजो दिउँसो काठमाडौंको प्रदूषण झण्डै साढे ३०० एक्युआई पुगेको थियो। काठमाडौं तीन दिनदेखि लगातार विश्वको सबैभन्दा प्रदूषित सहरको नम्बर १ सूचीमा रहँदै आएको छ।

देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण नेपालका अन्य सहर तथा ग्रामीण क्षेत्रको वातावरण प्रदूषित भएको वन तथा वातावरण मन्त्रालयको भनाइ छ । प्रदूषणको मात्रा २०० देखि ३०० सम्म एक्युआई पुग्नुलाई अत्यन्त अस्वस्थकर मानिन्छ। त्यसभन्दा माथिको अवस्थालाई घातक मानिन्छ।

हिजो दिउँसो प्रदूषणको मात्रा घातक अवस्थामा पुगेकोमा आज बिहान केही घटेको हो। ठूलो वर्षा भएपछि मात्रै प्रदूषणको मात्रा नियन्त्रण भएर स्वस्थ हावा चल्ने विज्ञहरुले बताएका छन्।
 

प्रकाशित मिति: ०८:५५ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्