कास्कीमा पनि माधव पक्षको १४९ सदस्यीय समानान्तर कमिटी
काठमाडौं, चैत्र २५ : नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा गठन गरेको समान्तर कमिटीलाई सपथ गराएको छ ।चैत १९ गते माधवकुमार नेपाल र...
काठमाडौं, चैत्र २५ : नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा गठन गरेको समान्तर कमिटीलाई सपथ गराएको छ ।
चैत १९ गते माधवकुमार नेपाल र गण्डकी प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेले धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका थिए । समानान्तर कमिटीको सचिवमा होम नेपाली थिए ।
घोषणा गरिएको सदस्यको संख्या थपेर १४९ सदस्यीय पुर्याएर शपथ गराइएको हो । कमिटीको उपाध्यक्ष शोभखर भण्डारी, उपसचिव पूर्ण लामा चयन भएका छन् । यस्तै पोखरा महानगर कमिटी अध्यक्षमा मुक्ति पौडेल र सचिवको जिम्मेवारी सुशील बस्नेतलाई दिइएको छ ।
केन्द्रीय पोलिटब्युरो सदस्य तुलबहादुर थापाले कमिटीका पदाधिकारी तथा सदस्यलाई शपथ खुवाएका हुन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधिसँग असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी गठन प्रक्रियालाई तीव्रता दिएको हो ।











