Kathmandu Press

लोक सेवा आयोगले माग्यो साढे ४ सय खरिदार

काठमाडौं, चैत्र २५ : लोक सेवा आयोगले साढे ४ सय भन्दा वढी खरिदार पदमा आवेदन खुला गरेको छ ।बुधबार राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार...
लोक सेवा आयोगले माग्यो साढे ४ सय खरिदार

काठमाडौं, चैत्र २५ : लोक सेवा आयोगले साढे ४ सय भन्दा वढी खरिदार पदमा आवेदन खुला गरेको छ ।

बुधबार राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार अन्तर्गत प्राविधिक तथा स्वास्थ्य सेवा चौथो तहमा साढे ४ सय बढी पदमा आवेदन खुला गरेको हो । आयोगले सूचना जारी गरी आफ्ना विभिन्न कार्यालय मातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन माग गरेको हो।

आयोगका कार्यालयहरू इलाम‚ धनकुटा, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले उक्त पदको माग गरेको हो।

योग्यता पुगेका उम्मेदवारले आयोगका कार्यालयहरू धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले माग गरेका विभिन्न पदमा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

आवेदन दिन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका हुनु पर्नेछ। आवेदन लोकसेवा आयोगको वेभसाइटबाट दिन सकिन्छ । 

प्रकाशित मिति: ०८:०७ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्