भारतमा एकैदिन १ लाख १५ हजार कोरोना संक्रमित
काठमाडौं, चैत्र २५ : भारतमा एकैदिनमा थप १ लाख १५ हजार २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।२४ घण्टामा संक्रमण पुष्टि...
काठमाडौं, चैत्र २५ : भारतमा एकैदिनमा थप १ लाख १५ हजार २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत सोमबार चैत्र २३ मा भारतमा दोस्रो धेरै १ लाख ३ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको थियो ।
यो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २७ लाख ९९ हजार ७४६ पुगेको छ । भारतमा हालसम्म १ करोड १७ लाख ८९ हजार ७५९ जना संक्रमणमुक्त भएका छन् ।
अब भारतमा सक्रिय संक्रमितको संख्या ८ लाख ४३ हजार ७७९ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६६ हजार २०८ पुगेको छ ।
प्रकाशित मिति: ०७:२९ बजे, बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












