Kathmandu Press

च्याम्पियन्स लिगमा रियल मड्रिड र म्यानचेस्टर सिटीको जित 

काठमाडौं, चैत्र २५ : च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन्।गएराति भएको खेलमा म्याड्रिड र...
च्याम्पियन्स लिगमा रियल मड्रिड र म्यानचेस्टर सिटीको जित 

काठमाडौं, चैत्र २५ : च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन्।

गएराति भएको खेलमा म्याड्रिड र सिटी विजयी भएका हुन्। म्याड्रिडले लिभरपुललाई ३-१ गोल अन्तरले हराएको हो । रियललाई जिताउन भिन्सियस जुनियरले दुई तथा मार्को असिन्सियोले एक गोल गरे। लिभरपुलका मोहम्मद सलाहले एक गोल गरे पनि हार टार्न सकेनन्। यस्तै सिटीले बोरुसिया डर्टमन्डलाई २-१ गोलले हरायो।

सिटीको जितमा केभिन डी ब्रुएनी र फिल फोडेनले गोल गरे। डर्टमन्डका लागि मार्को रिउसले एक गोल फर्काए । दुवै टिमले जितसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन्। 

प्रकाशित मिति: ०७:०९ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्