Kathmandu Press

प्रजातन्त्रको खिलाप कसैसँगै सम्झौता हुँदैन : देउवा

झापा, चैत २४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका खिलाप कसैसँग पनि सम्झौता नगर्ने बताएका छन्।मंगलबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति...
प्रजातन्त्रको खिलाप कसैसँगै सम्झौता हुँदैन : देउवा

झापा, चैत २४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका खिलाप कसैसँग पनि सम्झौता नगर्ने बताएका छन्।

मंगलबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले सांसदको संख्या पुगेमा सरकारको अगुवाइ गर्ने बताए। उनले सरकारभन्दा पनि पार्टीको संगठन बलियो बनाउनुपर्नेमा जोड दिए।

झापाको शान्तिनगरमा शहीद यामबहादुर आचार्यको शालिक अनावरण गर्दै देउवाले सरकारभन्दा पनि कांग्रेस एक भएर लाग्नुपर्ने बेला आएको बताए। पार्टी एक भए फेरि पनि चुनाव जित्न सकिने उनको भनाइ थियो। 'एकता नै पार्टीको जग हो । हामी एक भयौँ भने संसारको कुनै तागतले हराउन सक्दैन,’ देउवाले भने।

सरकार गठनका लागि कसैसँग पनि गलत सम्झौता नहुने उनको भनाइ थियो। 'नेपाली कांग्रेस एकमात्र प्रजातन्त्रवादी पार्टी हो, नेपाली कांग्रेसले प्रजातन्त्रको खिलाफमा कसैसँग सम्झौता गर्न सक्दैन, चाहे माओवादी होस् चाहे एमाले,’ देउवाले भने।

कार्यक्रममा बोल्दै कांग्रेस नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कांग्रेसले मुलुकलाई वैचारिक र साङ्गठानिक अगुवाइ गर्नुपर्ने बताए। अहिले देशको राजनीतिक संकटोन्मुख रहेको जनाउँदै त्यसलाई बचाउन कांग्रेस अघि सर्नुपर्ने बताए।

प्रकाशित मिति: १९:५८ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्