Kathmandu Press

सुदूरपश्चिममा नेपाल पक्षको समानान्तर कमिटी गठन

नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सुदूरपश्चिममा पनि समानान्तर कमिटी गठन गरेको छ।
सुदूरपश्चिममा नेपाल पक्षको समानान्तर कमिटी गठन

धनगढी, चैत २४ : नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सुदूरपश्चिममा पनि समानान्तर कमिटी गठन गरेको छ।

मंगलबार भीम रावलको नेतृत्वमा एमालेको समानान्तर कमिटी गठन गरिएको हो। सबै जिल्लालाई समेटेर प्रदेश कमिटी गठन गरिएको प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव दिनेश सुवेदीले बताए।

Hardik ivf

उनका अनुसार १८२ सदस्यीय कमिटी बन्ने भएको छ। अहिले केही सदस्य राख्न बाँकी रहेको उनले बताए।

यससँगै सुदूरपश्चिम विभिन्न जिल्लामा जिल्ला अध्यक्ष पनि तोकेको छ। कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्र बहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावल अध्यक्ष चयन भएका छन्। दार्चुलामा भने पछि तोकिने जनाएका छन्।

प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्