Kathmandu Press

लुम्बिनीमा माओवादी केन्द्रका दुई सांसद पदमुक्त भएको सभामुखद्वारा सदनलाई जानकारी

लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले माओवादी केन्द्रका दुई सांसद पदमुक्त भएको सदनलाई जानकारी दिएका छन्।
लुम्बिनीमा माओवादी केन्द्रका दुई सांसद पदमुक्त भएको सभामुखद्वारा सदनलाई जानकारी

बुटवल, चैत २४ : लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले माओवादी केन्द्रका दुई सांसद पदमुक्त भएको सदनलाई जानकारी दिएका छन्।

रूपन्देही क्षेत्र नम्बर १ (ख)का दधिराम न्यौपाने र गुल्मी क्षेत्र नम्बर २ (ख)का दिनेश पन्थी पदमुक्त भएको जानकारी सभामुखले मंगलबारको प्रदेशसभा बैठकमा दिएका हुन्।

उनीहरूलाई पदमुक्त गर्नेसम्बन्धी प्रदेशसभा संसदीय दलको निर्णय र माओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी प्रदेशसभा सचिवालयमा प्राप्त भएको उनले बताए।
 

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्