माओवादी केन्द्रद्वारा वागमती प्रदेशसभा बैठक अवरुद्ध
मुख्यमन्त्री डोरमणि पौडेलको राजिनामा माग गर्दै माओवादी केन्द्रले वागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।
हेटौंडा, चैत २४ : मुख्यमन्त्री डोरमणि पौडेलको राजिनामा माग गर्दै माओवादी केन्द्रले वागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। बैठकमा माओवादी केन्द्रले मुख्यमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग गरेको हो।
माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकार भावानात्मक, सांगठनिक र वैचारिक रूपमा एक्लिएको बताएका थिए।
मदन भण्डारी फाउन्डेसनलाई प्रदेश सरकारले दिएको ५० लाख रुपैयाँको औचित्य पुष्टि गर्न उनले माग गरे। प्रदेश सरकारले एमालेभित्र गुटको राजनीति गर्न राज्यकोष दोहन गरिरहेको उनले बताए।
प्रकाशित मिति: १७:५१ बजे, मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











