Kathmandu Press

माओवादी केन्द्रका पाँच नेता पार्टीबाट निष्कासित

माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहितका पाँच नेतालाई पार्टीबाट निष्कासित गरेको छ।
माओवादी केन्द्रका पाँच नेता पार्टीबाट निष्कासित

काठमाडौं, चैत २४ : माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहितका पाँच नेतालाई पार्टीबाट निष्कासित गरेको छ।

निष्कासित हुनेमा बादलसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरी छन्। 

उनीहरू सबै प्रधानमन्त्री केपी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन्। रायमाझी, साह, भट्ट र चौधरीले दल त्याग गरेको सूचना संसद सचिवालयमा दर्ता गरिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए। उनीहरू प्रतिनिधिसभातर्फका सांसद हुन्।

राष्ट्रियसभा सदस्य बादलले दल त्याग गरेको सूचना भने बुधबार संसद सचिवालयमा दर्ता गराइने गुरुङले जानकारी दिए।

उनका अनुसार उनीहरू सबैलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो। उनीहरूको सांसद पद रिक्त भएको छ।
 

प्रकाशित मिति: १६:०८ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्