Kathmandu Press

नेपाल-खनाल समूह सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठक जारी

एमाले नेपाल-खनाल समूह सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठक कैलाली सदरमुकाम धनगढीमा जारी छ।
नेपाल-खनाल समूह सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठक जारी

काठमाडौं, चैत २४ : एमाले नेपाल-खनाल समूह सुदूरपश्चिम प्रदेश कमिटीको विस्तारित बैठक कैलाली सदरमुकाम धनगढीमा जारी छ।

धनगढीस्थित उद्योग वाणिज्य संघको हलमा अनेम संघको प्रदेशस्तरीय भेला उद्घाटन समारोहमा प्रदेश इन्चार्ज भीम रावल सहभागी भएकाले केहीबेरलाई बैठक स्थगित छ। केही समयपछि सुरु हुने बैठकले सुदूरपश्चिम समानान्तर कमिटी चयन गर्ने तयारी छ।

उक्त समूहले केहीबेरअघि मात्र वागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरिसकेको छ। मंगलबार साँझसम्ममा सुदूरपश्चिम प्रदेश कमिटी पनि घोषणा गर्ने सम्भावना रहेको एमाले प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव दिनेश सुवेदीले जानकारी दिए।

उनका अनुसार प्रदेश कमिटीको विस्तारित बैठकमा केन्द्रीय सदस्य, केन्द्रीय निकायका सदस्यहरू, संघीय र प्रदेश सांसदहरू, जिल्ला अध्यक्ष र पदाधिकारीहरू सहभागी छन्। ‘एमालेको प्रदेश कमिटी छँदै थियो, त्यसैको विस्तारित बैठक हो यो,’ सुवेदीले काठमाडौं प्रेससँग भने, ‘पार्टीलाई कसरी व्यवस्थित बनाएर लैजाने, अन्तरविरोधहरूलाई कसरी समाधान गर्ने भन्नेबारे बैठकले ठोस निर्णय लिनेछ।’ बैठकको अध्यक्षता प्रदेश इन्चार्ज भीम रावलले गरिरहेका छन्।

प्रकाशित मिति: १४:५० बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्