Kathmandu Press

नेपाल समूहले गठन गर्यो वागमती प्रदेश कमिटी

काठमाडौं, चैत २४ : एमालेका नेता माधव नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा वागमती प्रदेश कमिटी गठन गरेको छ।समूहले बल्खुस्थित एक पार्टी प्यालेसबाट नेपाल समूहले...
नेपाल समूहले गठन गर्यो वागमती प्रदेश कमिटी

काठमाडौं, चैत २४ : एमाले नेता माधव नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा वागमती प्रदेश कमिटी गठन गरेको छ।

नेपाल समूहले बल्खुस्थित एक पार्टी प्यालेसबाट नेपाल समूहले मंगलबार वाग्मति प्रदेशमा शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो ।

समितीको सहसंयोजकमा केदार न्यौपाने, अरूण न्यौपाने र पशुपति चौलागाई छन् भने सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत छन्।  सचिवमा रचना खड्का रहेकी छन् ।

सर्वोच्च अदालतले नेकपा विभाजन गर्ने फैसला गरेसँगै एमालेमा केपी शर्मा ओली र नेपाल समूहले समानान्तर ढङ्गले गतिविधि गर्दै आएका छन्।


 

प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्