बर्दियाबाट ल्याइएको नरभक्षी बाघलाई राखियो चिडियाखानामा
काठमाडौं, चैत २४ : बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई मंगलबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । निकुञ्जको टोलीले बाघलाई आइतबार साँझ नियन्त्रणमा...
काठमाडौं, चैत २४ : बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई मंगलबार ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ ।
निकुञ्जको टोलीले बाघलाई आइतबार साँझ नियन्त्रणमा लिएको थियो ।
आइतबार बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना गर्न हात्तीसहित गएका हात्तिसारमा कार्यरत कर्मचारीलाई यो बाघले आक्रमण गरेको थियो ।
घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको हो ।
प्रकाशित मिति: १२:१० बजे, मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











