Kathmandu Press

भारतको चेनाब नदीमा बन्यो रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज 

काठमाडौं, चैत्र २४ : भारतमा रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज निर्माण भएको छ । भारतीय इन्जिनियरहरूले कस्मिरमा रहेको चेनाब नदीमा बनेको उक्त...
भारतको चेनाब नदीमा बन्यो रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज 

काठमाडौं, चैत्र २४ : भारतमा रेल चल्ने संसारकै अग्लो आर्क ब्रिज निर्माण भएको छ । भारतीय इन्जिनियरहरूले कस्मिरमा रहेको चेनाब नदीमा बनेको उक्त आर्क ब्रिजको निर्माण सोमबार सकेका हुन् ।

नदीको सतहदेखि ३५९ मिटर अग्लो रहेको यो आर्क ब्रिजको उचाइ पेरिसको आइफेल टावरको भन्दा ३५ मिटर अग्लो छ। १३ सय १५ मिटर लामो ब्रिजमा १७ वटा स्पान रहेका छन्।

भारतको नर्दन रेलवेले बनाइरहेको २७२ किलोमिटर लामो रेलमार्गअन्तर्गत २८ हजार करोड भारू लागतमा ब्रिज बनाइएको हो। १० हजार ९ सय १६ मेट्रिक टन तौल रहेको छ भने ब्रिजले ८ म्याग्नेच्युडको भूकम्प धान्न सक्छ।

१०० किलोमिटर गतिमा रेल कुद्न सक्ने गरी बनाइएको ब्रिजको आयु १२० वर्ष हुने जनाईएको छ । यो पुल बनेपछि जम्मु कस्मिर बाँकी भारतसँग रेलमार्गबाट जोडिने भएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्क ब्रिज बन्नुलाई ठूलो उपलब्धि बताएका छन्।

प्रकाशित मिति: ०८:५३ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्