Kathmandu Press

विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा 

काठमाडौं, चैत्र २४ : केही दिन बिस्तारै कम हुँदै गएको नेपालको वायु प्रदूषण सोमबारदेखि फेरी बढेको छ ।पछिल्लो विवरण अनुसार काठमाडौँ विश्वकै प्रदूषित...
विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा 

काठमाडौं, चैत्र २४ : केही दिन बिस्तारै कम हुँदै गएको नेपालको वायु प्रदूषण सोमबारदेखि फेरी बढेको छ ।

पछिल्लो विवरण अनुसार काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको हो । प्रदूषणका कारण घाम नलाग्ने, चिसो हुने, नाक पोल्नेजस्ता असर समेत देखिएका छन् ।नेपालका अधिकांश वनमा लागेको डढेलोका कारण  प्रदूषण बढेको बताइएको छ।

डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको विज्ञहरुको भनाइ छ।  बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ ।

बिहान ६ः३० मा वायु प्रदूषणको गुणस्तरको सूचक २९६ नम्बरका साथ काठमाडौं पहिलो नम्बरमा छ। यो मानवका लागि अत्यन्त अस्वस्थकर वायुको गुणस्तर हो।

काठमाडौँपछि अहिले क्रमशः भारतको दिल्ली, बंगलादेशको ढाका, चिनको सेङयाङ, भियतनामको हनोइ प्रदूषषित सहरको सुचीमा रहेका छन् । 

प्रकाशित मिति: ०७:२३ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्