Kathmandu Press

ला लिगाको दोस्रो स्थानमा उक्लियो बार्सिलोना 

काठमाडौं, चैत्र २४ : बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराएको...
ला लिगाको दोस्रो स्थानमा उक्लियो बार्सिलोना 

काठमाडौं, चैत्र २४ : बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराएको हो। बार्सिलोनाको जितमा ९० औँ मिनेटमा ओस्मान डेम्बेलेले गरेको गाले नै निर्णायक गोल बन्यो ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एथ्लेटिकोमाथि दबाब बढाएको छ। २९ खेलबाट ६५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने एक अंक बढी रहेको एथ्लेटिको म्याड्रिडको ६६ अंक छ।

यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको ६३ अंक छ। भालाडोलिड भने २७ अंकसहित १६ औँ स्थानमा छ । 

प्रकाशित मिति: ०७:०७ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्