Kathmandu Press

प्रदेश-१ मा भूकम्पको धक्का

सिक्किमको राजधानी गान्टोकबाट २५ किलोमिटर पूर्व–दक्षिणमा १० किमि गहिराइमा भूकम्पको केन्द्रविन्दु रेकर्ड भएको छ।
प्रदेश-१ मा भूकम्पको धक्का

काठमाडौं, चैत २३ : प्रदेश-१ मा सोमबार राति नौ बजेर चार मिनटमा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भारतको बिन्नागुडी आसपास केन्द्रविन्दु भएको पाँच दशमलव आठ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस भएको हो ।

प्रदेश-१ का विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडलगायत प्रमुख सहरहरूमा भूकम्पको धक्का महसुस भएको थियो।

भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार सिक्किमको राजधानी गान्टोकबाट २५ किलोमिटर पूर्व–दक्षिणमा १० किमि गहिराइमा भूकम्पको केन्द्रविन्दु रेकर्ड भएको छ। स्थानीय समयअनुसार राति आठ बजेर ४९ मिनटमा भूकम्प गएको हो।

प्रकाशित मिति: २१:१६ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्