Kathmandu Press

मनाङ आहा रारा गोल्डकपको पहिलो खेलमै पराजित

काठमाडौं, चैत २३ : डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको पहिलो खेलमै पराजित भएको छ।सोमबार पोखरा रंगशालामा भएको खेलमा...
मनाङ आहा रारा गोल्डकपको पहिलो खेलमै पराजित

काठमाडौं, चैत २३ : डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको पहिलो खेलमै पराजित भएको छ।

सोमबार पोखरा रंगशालामा भएको खेलमा मनाङ अर्को ए डिभिजन क्लब संकटासँग १–० ले पराजित भएको हो। मनाङलाई हराउँदै संकटा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

मनाङविरुद्ध संकटालाई जित दिलाउन विदेशी खेलाडी फोफानाले निर्णायक गोल गरे। उनले खेलको ४४औं मिनेटमा निर्णायक गोल गरे।

मनाङ आहा रारा गोल्डकपको ६ पटकको च्याम्पियन हो। अब संकटाले फाइनल प्रवेशका लागि २५ गते अर्को विभागीय टिम एपिएफसँग खेल्नेछ।

प्रतियोगिताअन्तर्गत मंगलबार थ्री स्टार क्लब र विभागीय टिम नेपाल पुलिस भिड्नेछन्।

प्रतियोगितामा ए डिभिजन क्लबसहित ६ टिम सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले टिमले ५ लाख १ हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित मिति: १९:२५ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्