Kathmandu Press

रुविना चम्किँदा प्रदेश १ को पहिलो जित

काठमाडौं, चैत २३ : कीर्तिपुरस्थित टियू मैदानमा जारी पहिलो संस्करणको ललितपुर मेयर्स कप वुमन्स च्याम्पियनसिपमा प्रदेश १ ले पहिलो जित निकालेको छ। सोमबार...
रुविना चम्किँदा प्रदेश १ को पहिलो जित

काठमाडौं, चैत २३ : कीर्तिपुरस्थित टियू मैदानमा जारी पहिलो संस्करणको ललितपुर मेयर्स कप वुमन्स च्याम्पियनसिपमा प्रदेश १ ले पहिलो जित निकालेको छ। सोमबार भएको खेलमा कप्तान रुविना क्षेत्री चम्किएपछि प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि १० विकेटको फराकिलो जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै लुम्बिनीले दिएको १०५ रनको लक्ष्य प्रदेश १ ले बिनाक्षतिमा १३.२ ओभरमा भेट्टायो। प्रदेश १ का लागि कप्तान क्षेत्रीले अर्धशतकीय योगदान दिइन्। उनले ४९ बल खेल्दै १२ चौका र १ छक्काको सहयोगमा ६८ रन बनाइन् ।

त्यस्तै, काजल श्रेष्ठले २५ रन बनाइन्। क्षेत्री र श्रेष्ठले शतकीय साझेदारी गरे। यो प्रतियोगिताको सबैभन्दा ठूलो साझेदारी हो।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले सरस्वती जिएमको अर्धशतक मद्दतमा २० ओभरमा २ विकेट गुमाएर १०४ रन बनायो। सुस्त ब्याटिङ गरेकी जिएमले ६६ बल ५० रन बनाइन् भने कप्तान नेरी थापाले १५ बलमा २० रन बनाइन्।

यस्तै, नितु भण्डारीले ३३ बलमा १८ रन मात्र बनाउन सकिन्। प्रदेश १ की शवबनम राईले १ एक विकेट लिइन्।

प्रदेश १ को यो पहिलो जित हो भने लुम्बिनीको लगातार दोस्रो हार हो। प्रदेश १ पहिलो खेलमा एपिएफसँग ८ विकेटले पराजित भएको थियो। लुम्बिनी पहिलो खेलमा ललितपुर मेयर्स ११ सँग २७ रनले पराजित भएको थिाये।

मंगलबार हुने पहिलो खेलमा एपिएफ र मेयर्स ११ तथा दोस्रो खेलमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्नेछन्।

 

प्रकाशित मिति: १९:१६ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्