Kathmandu Press

काठमाडौं प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य

काठमाडौं, चैत २३ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य रुपमा एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ।सोमबार बसेको काठमाडौं जिल्ला...
काठमाडौं प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य

काठमाडौं, चैत २३ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य रुपमा एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ।

सोमबार बसेको काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँचसँगै एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो। नाकामा हेल्थ डेस्क राख्ने र एन्टिजेन परीक्षण गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

स्थानीय तहहरुले सम्बन्धित क्षेत्रका नाकामा हेल्थ डेस्क राख्नुपर्नेछ। एन्टिजेन परीक्षणमा नेगेटिभ आए पनि कोरोनाका लक्षण देखिएमा भने पीसीआर परीक्षणका लागि नाकामै स्वाब संकलन गरिने भएको छ।

काठमाडौंमा कोरोनाको संक्रमण बढ्न नदिने सतर्कता अपनाउन यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पारजुलीले बताए। उनका अनुसार हरेक स्थानीय तहले नाकामा एन्टिजेन परीक्षण गर्ने, हेल्थ डेस्क स्थापना गर्ने, सम्पर्क व्यक्ति तोक्ने र संक्रमण भएका व्यक्तिलाई परीक्षण, कन्ट्याक्ट ट्रेसिङ पनि गर्ने निर्णय गरिएको छ।

यससँगै बैठकले आइसोलेसन केन्द्र र क्वारेन्टिन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने निर्णय गरेको छ। स्थानीय तहले कम्तिमा एउटा आइसोलेसन केन्द्र र एउटा क्वारेन्टिन बनाउनुपर्ने निर्णय गरिएको उनले बताए।

त्यस्तै, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइने भएको छ। स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गने निर्णय गरिएको छ।

 

प्रकाशित मिति: १८:१५ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्