Kathmandu Press

म्यानमार घटनाप्रति सरकारले गहिरो चासो र चिन्ता व्यक्त गरेकाे छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, चैत २३ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा विकसित घटनाप्रति सरकारले गहिरो चासो र चिन्ता व्यक्त गरेकाे बताएका छन्। सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको...
म्यानमार घटनाप्रति सरकारले गहिरो चासो र चिन्ता व्यक्त गरेकाे छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, चैत २३ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा विकसित घटनाप्रति सरकारले गहिरो चासो र चिन्ता व्यक्त गरेकाे बताएका छन्। सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा त्यस्तो बताएका हुन्।

मन्त्री ज्ञवालीले म्यानमारमा सेनाले शासन हातमा लिएर लोकतान्त्रिक नेताहरुलाई नियन्त्रणमा लिएको प्रति नेपालले प्रेस विज्ञप्ति निकालेर आफ्नो धारणा सार्वजनिक गरिसकेको जानकारी दिए। प्रेस विज्ञप्तिमार्फत म्यानमारमा लोकतान्त्रिक प्रक्रिया पुनर्स्थापना हुने आशा सरकारले व्यक्त गरेको उनले बताए।

मन्त्री ज्ञवालीले नेपालसहित देशको समर्थनमा संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदले एउटा रिजोलुसन पारित गरेको र त्यसमा जनताको अभिमतको सम्मान गर्न, लोकतान्त्रिक नेताहरुलाई रिहा गर्न र अत्यधिक बल प्रयोगलाई अन्त्य गर्न म्यानमारलाई आह्वान गरिएको उललेख गरे। उनले लोकतन्त्र, मानव अधिकार र विश्व शान्तिका मामिलामा नेपाल सदैव स्पष्ट रहेको पनि स्पष्ट पारे।

मन्त्री ज्ञवालीले सांसदहरुलाई जबाफ दिँदै सार्क, बिमस्टेकजस्ता फोरमहरुमा दुई पक्षीय विवादका विषय या कुनै खास देश विशेषमा घटित घटनाहरुका विषयमा छलफल नगरिने बताए।

प्रकाशित मिति: १६:१६ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्