धनगढीमा सबैभन्दा बढी वायु प्रदूषण, एक्युआई मात्रा ४२९
काठमाडौं, चैत २३ : आज (सोमबार) बिहानदेखि घाम लागेको छैन। वायु प्रदूषण बढ्दा काठमाडौंसहित देशका विभिन्न भूभागमा तुवाँलो लागेजस्तो भएको छ।अहिले सुदूरपश्चिमको कैलाली...
काठमाडौं, चैत २३ : आज (सोमबार) बिहानदेखि घाम लागेको छैन। वायु प्रदूषण बढ्दा काठमाडौंसहित देशका विभिन्न भूभागमा तुवाँलो लागेजस्तो भएको छ।
अहिले सुदूरपश्चिमको कैलाली र मध्य क्षेत्रको चितवनको वायु प्रदूषण बढी छ। धनगढीमा वायु प्रदूषणको मात्रा ४२९ पुगेको छ। त्यस्तै चितवनको सौराहामा ३०८, भरतपुरमा २८३, सिमरामा २६० एक्यूआई छ ।
काठमाडौंको रत्नपार्कमा वायु प्रदूषणको मात्रा २२३ एक्युआई, भैंसेपाटीमा २१६, कीर्तिपुरमा १९७, भक्तपुरमा १९६ एक्युआई रहेको छ। वायु प्रदूषणको मात्रा ५० एक्यूआईभन्दा बढी भए खतरा मानिन्छ ।
वातावरण विभागले डढेलोका कारण धनगढी र सौराहाको वायूमा अधिक प्रदूषणको मात्रामा भेटिएको बताएको छ।
अघिल्लो साता पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढे पनि हल्का वर्षा हुँदा त्यसमा सुधार आएको थियो।
ठूलो हुरी आए वा पानी परे वायु प्रदूषण घट्ने मौसमसवदहरूले बताउने गरेका छन्। तर अहिले पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।











