Kathmandu Press

५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको डाटा ह्याक, व्यक्तिगत विवरण अनलाइनमा

फेसबुकका ५३ करोड ३० लाख प्रयोगकर्ताको डाटा ह्याक गरेर व्यक्तिगत विवरण सबैको पहुँच हुने गरी अनलाइनमा राखिएको खुलासा भएको छ।
५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको डाटा ह्याक, व्यक्तिगत विवरण अनलाइनमा

वासिङ्टन, चैत २३ : फेसबुकका ५३ करोड ३० लाख प्रयोगकर्ताको डाटा ह्याक गरेर व्यक्तिगत विवरण सबैको पहुँच हुने गरी अनलाइनमा राखिएको खुलासा भएको छ।

एक अध्ययनअनुसार यसअघि नै प्रयोगकर्ताको एकाउन्ट ह्याक गरेर लिइएको व्यक्तिगत विवरण अनलाइनमा अझ बढी उपलब्ध हुने गरी राखिएको खुलेको हो। ह्याक गरिएको तथ्यांक ठगीलगायत अपराधमा प्रयोग हुन सक्ने चिन्ता विज्ञहरूले व्यक्त गरेको न्युजपोर्टल इन्साइडरले उल्लेख गरेको छ।

Hardik ivf

फोन नम्बर, जन्म मिति र व्यक्तिगत विवरण ह्याकरले लिएको इन्साइडरले जनाएको छ।

फेसबुकले भने त्यसरी ह्याक गरिएको व्यक्तिगत विवरण ‘पुरानो’ भएको दाबी गरेको छ। र, सन् २०१९ मै उक्त समस्या समाधान भइसकेको फेसबुकको भनाइ छ। तर, यो खुलासाबाट सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकमा तथ्यांक सुरक्षाको विषय संवेदनशील बनेको छ।

इजरायलको साइबर क्राइम इन्टेलिजेन्स कम्पनी ‘हडसन रक’का सह-संस्थापक एलन गलले फेसबुकको तथ्यांक सुरक्षामाथि गम्भीर प्रश्न उठाएका छन्।

फेसबुककी प्रवक्ता लिज बोर्ज्वाले सन् २०१९ मै यसबारे कम्प्लेन आएको र अगस्ट २०१९ मै समस्या समाधान गरिएको दाबी गरेकी छन्।

इन्साइडरका अनुसार फेसबुक डाटा ह्याक गरिएका प्रयोगकर्ता एक सय ६ मुलुकका छन्। त्यसरी लिइएको तथ्यांक दशौँ हजार डलरमा बिक्री गरिएको इन्साइडरको अध्ययनमा पाइएको छ। फेसबुकका हालसम्म दुई अर्ब प्रयोगकर्ता पुगेका छन्।
 

प्रकाशित मिति: १४:५७ बजे, सोमबार, चैत २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्