प्रतिनिधिसभाको आजको बैठक सुरु
काठमाडौं, चैत २३ : प्रतिनिधिसभाको आज (सोमबार) को बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिनको १ बजे सभामुख अग्निप्रसाद सापकोटाले बैठक...
काठमाडौं, चैत २३ : प्रतिनिधिसभाको आज (सोमबार) को बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिनको १ बजेर १३ मिनेट जाँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठक आरम्भ गरेका हुन्।
आजको बैठकको सम्भावित कार्यसूचीमा तीनवटा प्रतिवेदन पेस गर्ने उल्लेख छ। संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक कार्यसूची पेस गर्ने जनाइएको छ।
त्यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्नेछन्।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, ०७७ पनि पेस गर्नेछिन्।
प्रकाशित मिति: १३:१२ बजे, सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











