Kathmandu Press

माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने

विराटनगर, चैत २३ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ। माओवादी केन्द्रले आज (सोमबार) दिउँसो २ बजे...
माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने

विराटनगर, चैत २३ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ। माओवादी केन्द्रले आज (सोमबार) दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकबाट औपचारिक रुपमै प्रस्ताव फिर्ता लिने भएको हो।

नेकपा छँदै पुस १२ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। जसमा नेपाल समूहका २२ र प्रचण्ड समूहका १५ जनाको हस्ताक्षर थियो।

सर्वोच्च अदालतले २३ गते गरेको फैसलासँगै माओवादी केन्द्र र एमाले ब्युँतिएपछि नेपाल समूहका सबै सांसदले चैत १७ गते प्रस्ताव फिर्ता लिए पनि माओवादी केन्द्रले त्यसलाई कायमै राखेका थिए। 

पास नहुने अवस्था सिर्जना भएपछि अविश्वासको प्रस्ताव फिर्ता लिनुपरेको माओवादी केन्द्रका एक नेताले बताए। उनका अनुसार आजको बैठकमा प्रस्तावक र समर्थकको सम्बोधनपछि प्रस्ताव फिर्ता हुनेछ।

प्रदेशसभा १ मा ९३ सांसद छन्। यो प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ। ५१ सांसद भएकाले एमाले एक्लैको स्पष्ट बहुमत छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य साना दल  मिल्दा पनि ४२ सिट मात्रै हुने भएकाले अविश्वासको प्रस्तावकाे कुनै अर्थ नहुने भएपछि फिर्ता लिने स्थिति बनेकाे हाे। 

प्रकाशित मिति: ११:२६ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्