Kathmandu Press

डढेलो घरमा सल्किँदा एक वृद्धाको मृत्यु

मकवानपु, चैत २३ : मकवानपुरको भीमफेदीको जंगलामा लागेको डढेलो नजिकै रहेको घरमा सल्किँदा एक वृद्धाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिकाको वडा नं. ३...
डढेलो घरमा सल्किँदा एक वृद्धाको मृत्यु

मकवानपु, चैत २३ : मकवानपुरको भीमफेदीको जंगलामा लागेको डढेलो नजिकै रहेको घरमा सल्किँदा एक वृद्धाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिकाको वडा नं. ३ स्थित जंगलमा लागेको डढेलोले घर जल्दा ६९ वर्षीय हस्तमाया सिन्तानको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पारीपाखाको जंगलामा लागेको डढेलोले प्रितिबहादुर सिन्तानको घर र गोठ पनि पूर्ण रुपमा जल्दा उनकी श्रीमती हस्तमायाको मृत्यु भएको हो। आगलागीबाट गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको छ ।

जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको  प्रहरीले जनाएको  छ ।

प्रकाशित मिति: १०:१५ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्